आज तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसाे पहाडमा वर्षाकाे आँकलन
एक्सन खबर
काठमाडाैं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।
राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
0 प्रतिकृया