Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

एक्सन खबर
४ माघ २०७८


हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् ।

१ गत असारको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

उनले भने, ‘१ असारको बाढीपहिरोले भत्किएका सडक र पुल  निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको हो ।’ गर्मीमा बाढीपहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण काम हुन सकेन हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माणका काम रोकिएको प्रजिअ आचार्यको भनाइ छ ।

उनका अनुसार हिमपातका कारण विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । मनाङमा हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्‍याएको छ । बाढीपहिरोले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा छन् । 'मनाङमा हिमपात र बर्खायामको दुवै सिजन मौसमले साथ दिँदैन,' मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने ।

 मनाङमा मंसिर अन्तिमबाट विकास निर्माणका काम रोकिएका हुन् । माथिल्लो मनाङमा मंसिर तेस्रो साताबाट हिमपात भएको थियो ।













0 प्रतिकृया