नेपालमा कोभिड संक्रमण विजुली गतिमा : एकै दिन १० हजार संक्रमित
एक्सन खबर
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् ।
२२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
यता काठमाडाैंमा गत २४ घण्टामा मात्रै ४००४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । परीक्षण गरिएका मध्ये ४५ प्रतिशत संक्रमित रहेका छन् । मुलुकसँगै काठमाडाैंमा पनि काेराेना संक्रमण विजुलीकाे गतिमा फैलिइरहेकाे भएपनि स्वास्थ्य सावधानी कम छ ।
0 प्रतिकृया