सेन्ट्रल अस्पतालले माग्यो भारी मात्रामा चिकित्सक र कर्मचारी (सूचना सहित)
एक्सन खबर
जनकपुरधाम । सेन्ट्रल अस्पताल जनकपुरधामले भारीमात्रामा चिकित्सक तथा कर्मचारी माग गरेको छ । जनकपुर लक्ष्मीनियामा सञ्चालनको अन्तिम तयारीमा रहेको सेन्ट्रल अस्पतालले एमडी, एमविविएस, एमएस, डिएम गरेका चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो ।
अस्पतालले एक सूचना प्रकाशित गरी जनरल फिजिसियन, पेड्रियाटिसिएन, रेडियोलोजी, जनरल सर्जन, गाइनोकोलोजिष्ट, अर्थोपेडिक सर्जन, कार्डियोलोजिष्ट लगायत अस्पतालका लागि चाहिने चिकित्सकहरु माग गरेको छ ।
जनकपुरकै सुविधासम्पन्न अस्पतालका रुपमा सञ्चालनमा आउन लागेको अस्पतालले फार्मेसी, डाइटिसिएन, नर्स, एकाउन्टेन्ट, ल्याव असिस्टेन्ट देखि सुरक्षा गार्ड सम्म माग गरेको छ । अस्पतालले मान्यता प्राप्त शिक्षण संस्थाबाट याेग्यता खुल्ने कागजात सहित आवेदन दिन भनेकाे छ ।
सेन्ट्रल इन्जिनियरिङ कलेजका सञ्चालक विजयकुमार झाद्वारा सञ्चालित अस्पतालको आज मात्रै पुर्व उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत निरिक्षण गरेका थिए ।
0 प्रतिकृया