Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


जाजरकाेटमा १२ देखि १७ वर्षका शतप्रतिशत बालबालिकालाई कोभिड खोप

एक्सन खबर
५ माघ २०७८


जाजरकाेटमा १२ देखि १७ वर्षका शतप्रतिशत बालबालिकालाई कोभिड खोप

हेमन्त केसी
जाजरकोट । जाजरकाेटमा १२ देिख १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । १२ पुसदेखि सञ्चालन भएकाे खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएकाे स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए ।

उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएकाे हाे ।  बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएकाे हाे ।

जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खाेप अभियान सञ्चालनमा छ ।  हालसम्म  ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिए ।













0 प्रतिकृया