Follow us:


Follow us

६ वैशाख २०८१, बिहिवार
६ वैशाख २०८१, बिहिवार


सुनसरी प्रशासनद्वारा बर्जु महाेत्सव घटनाकाे छानविन गर्न समिति गठन

एक्सन खबर
५ माघ २०७८


सुनसरी प्रशासनद्वारा बर्जु महाेत्सव घटनाकाे छानविन गर्न समिति गठन

दुहवी । बर्जु महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोडको घटनाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन समिति गठन गरेको छ । बर्जु गाउँपालिकामा आयोजित महाेत्सवमा भारतीय भाेजपुरी कलाकार खेसरीलाल यादव नआएपछि महाेत्सव हेर्न आएकाले ताेडफाेड र आगजनी गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी रहेका छन् ।

 समितिले सत्यतथ्य छानबिन गरि ५ दिनभित्र प्रतिवेदन पेश गर्ने भनिएकाे छ । यता, जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि उक्त घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । प्रजिअ यादवले गाउँपालिकाको सिफरिसमा बर्जु सामुदायिक विकास केन्द्रलाई जिल्ला सुरक्षा समितिले निर्णय गरि आवश्यक मापदण्ड पुरा गर्ने सर्तमा महोत्सवको अनुमति दिएको बताए ।

सिसिएमसिको कोरोना प्रोटोकल पालनाबारे गृह मन्त्रालयबाट निर्देशन आएपछि पुष २७ गते डिसिएमसिले पनि निर्णय गरि प्रजिअबाट आदेश जारी भएको र २८ गते सबै पालिकाहरुलाई कार्यान्वयन गर्न पुनः पत्राचार पनि गरिएको प्रजिअ यादवको भनाई छ ।

माघ २ गते पुनः प्रशासनले गाउँपालिकालाई महोत्सव सञ्चालनको अनुमति आजैबाट खारेज गरिएकोले तत्काल रोक्न पत्राचार गरिएपनि आयोजकले अटेर गर्दै भारतीय कलाकार खेसरीलाल यादवलाई बाेलाएका थिए । कलाकार यादवले आयाेजकले दर्शक तथा आफुलाई समेत ढाँटेकाे बताएका छन् । आगजनी तथा ताेडफाेडमा आफ्नाे डेढकराेड बढीकाे क्षती भएकाे बताएका छन् ।

बर्जु घटनामा बर्जु गाउँपालिकाका अध्यक्ष रधुनन्दन चाैधरीले चरम लापरवाही गरेकाे भन्दै चाैतर्फी आलाेचना भइरहेकाे छ । उनले  जिल्ला प्रशासनकाे आदेश समेत अवज्ञा गरेका थिए ।













0 प्रतिकृया