Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


सरकारले घटायो पीसीआर परीक्षण शुल्क

एक्सन खबर
५ माघ २०७८


सरकारले घटायो पीसीआर परीक्षण शुल्क

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । सरकारी प्रयोगशालाले लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा. अधिकारीले जानकारी दिए ।

उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन्  ।
 













0 प्रतिकृया