Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

एक्सन खबर
६ माघ २०७८


एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

काठमाडौं । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।

एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए । उस्तै अविनास बोहरा, अमर रौटेला र दिपक बोहाराले समान १ विकेट लिए । यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍याे ।  

एपीएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे ।

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले दुई विकेट लिए भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक एक  विकेट लिए ।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रँहदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्याे ।













0 प्रतिकृया