Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


समयमै काम नगर्ने ७ कम्पनी कालोसूचीमा

एक्सन खबर
६ माघ २०७८


समयमै काम नगर्ने ७ कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । ६ माघदेखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ बर्षसम्म कालो सूचीमा राखेकाे हाे ।

कालो सुचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

कालाे सूचीमा पर्ने कम्पनीहरुमा गजराज बालन योगीको बालन बद्रर्स कन्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्ट्रक्सन, बिज्ञानकुमार अर्यालको डाइग्नेकेम–जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रा.लि., चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रा.लि., इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रा.लि. र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रा.लि. छन् ।














0 प्रतिकृया