Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


सेभियाले अंक दूरी घटाउने मौका गुमायो

एक्सन खबर
६ माघ २०७८


सेभियाले अंक दूरी घटाउने मौका गुमायो

काठमाडौं । स्पेनिस ला लिगामा बुधबार राति भएको खेलमा भ्यालेन्सिया र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाढेका छन् । भ्यालेन्सियामा भएको खेलमा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएसँगै शीर्षस्थानको रियल मड्रिडसँग अंक दूरी छोट्याउने अवसर गुमाएको हो ।

डिफेण्डर मौकार डायखावीको आत्माघाति गोलसँगै सेभियाले साँतौ मिनेटमा अग्रता बनायो । तर पहिलो हाफको ४४औं मिनेटमा गोनकालो गुइडेसले घरेलु टोलीलाई बराबरीमा ल्याए । खेलको ८९औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा सिमित भयो । लुईस गायाले दोहोरो कार्ड पाउँदा मैदान बाहिर रहे ।

बराबरीसँगै सेभिया २१ खेलबाट ४५ अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट ४ अंक माथि रहेको रियल शीर्षस्थानमा छ । यता, समान खेलबाट भ्यालेन्सिया २९ अंक सहित नवौं स्थानमा छ । गए रातिनै भएको अन्य खेलमा सेल्टा भिगोले ओसासुनालाई २–० ले पराजित गर्याे ।













0 प्रतिकृया