Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


उपल्लो डोल्पाका सर्बसाधारणले किन पाएनन् खोप ?

एक्सन खबर
६ माघ २०७८


उपल्लो डोल्पाका सर्बसाधारणले किन पाएनन् खोप ?

हेमन्त केसी
जाजरकोट । महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । १२ वर्ष देखि १७ वर्ष सम्म बालबालिकाले मोडना खोप र १७ वर्ष देखि माथीका सर्वसाधारणले भेरोसेल , ६० वर्ष माथीका सर्वसाधारणलाइ बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भएपनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले माघ १० देखि माघ १३ गते सम्ममा खोप लगाउने मध्ये र तल्लो डोल्पाका सर्बसाधारणलाइ मात्र खोप लगाउन सूचना निकालेको छ । तर उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

सीसीएमसीसीको बैठकले माघ १६ देखि २० गते सम्ममा विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो । सीसीएमसीसीले निर्णय गरेपनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन् ।

भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड विरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाइ लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्बसाधारणहरु खोप विहिन बन्नु परेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ । बाटो भरी हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

त्यस्तै अन्य बालबालिकालाइ लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिक देखि फागुन मसान्त सम्म नै बन्द भएको छ । शे फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिका भित्रका सर्बसाधारणहरु घरको आंगन भरी हिउँ पर्ने भएकाले ५ महिना सदरमुकाम दुनै लगाएतका देशका बिभिन्न ठाउँमा जाने काम पुर्णरुपमा ठप्प हुने गर्दछ । त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वंयमसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए ।













0 प्रतिकृया