Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


आहा रारामा एपीएफको विजयी सुरुवात

एक्सन खबर
६ माघ २०७८


आहा रारामा एपीएफको विजयी सुरुवात

पोखरा । आयोजक सहारा क्लबलाई पराजित गरी सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा जारी आहा रारा गोल्डकपमा सुखद् सुरुवात गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । उद्घाटन खेलमा एपीएफले सहारालाई २–० गोलअन्तरले हराएको हो ।

१४औं मिनेटमा आशिष लामिछानेको गोलबाट अग्रता लिएको एपीएफका लागि ६०औं मिनेटमा प्रदीप लामाले अर्को गोल थपेका थिए । जितपछि एपीएफका कोच कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको बताए । ‘हामीले सोचेको जस्तै नतिजा आयो । अर्को खेलमा केही नयाँ शैलीले खेल्नुपर्छ,’ उनले भने, ‘आयोजक कमजोर टिम थिएन । जीत हामीले निकाल्यौं ।’

आयोजक सहाराका टिम कोच प्रदीप हिराचनले टिमको सेट नमिलेका कारण खेल गुमाएको बताए । ‘हामीसँग सेट टिम थिएन । खेलाडीहरू ढिलो गरी पोखरा आइपुगे,’ उनले भने, ‘यति छोटो अवधिमा सेट मिलाउनै गाह्रो भयो । यत्तिको खेल राम्रै हो ।’

पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले  क्वाटरफाइनलमा भुटनीज यूथ सकर क्लबसँग भेट निश्चित गरेकाे हाे । प्रतिस्पर्धामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।













0 प्रतिकृया