Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


न्यून आय भएका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्सा शास्त्रमा छात्रबृत्तिमा अध्ययनकाे अवसर

एक्सन खबर
६ माघ २०७८


न्यून आय भएका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्सा शास्त्रमा छात्रबृत्तिमा अध्ययनकाे अवसर

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले न्यून आय भएका डोम, वादी, चमार र मुसहर जातिका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्साशास्त्रको स्नातक तह अध्ययनका लागि छात्रबृत्तिमा आवेदन मागेको छ ।

आयोगले माघ ४ गते सार्वजनिक सूचना प्रकाशित गरी  न्यून आय भएका दलित समुदाय मध्ये डोम, वादी, चमार र मुसहर जातिका विद्यार्थीलाई शिक्षा मन्त्रालय अन्तरगत इन्जिनियरिङ र चिकित्सा शास्त्र स्नातक तहमा अध्ययनका लागि सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गरी छात्रबृत्ति दिने भनेको छ ।

उल्लेखित जातिका विद्यार्थीलाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यका साथ विशेष छात्रबृत्ति कार्यविधी २०७२ बमोजिम बजेटको सिमाभित्र रही न्यूनतम योग्यताका आधारहरु पुरा गर्ने विद्यार्थीहरुलाई छात्रबृत्ति दिने भनिएको छ । आयोगका अनुसार इच्छुक विद्यार्थीले माघ २५ गतेभित्र योग्यता पुगेका कागजात सहित आवेदन दिन सक्नेछन् ।



आयोगको सूचना अनुसार नेपाली नागरिकता भएको, अध्ययन गर्ने शैक्षिक संस्था स्वदेशी विश्वविद्यालयबाट मान्यता प्राप्त, डोम, वादी, चमार र मुसहर जातिको हो भन्ने खुल्ने प्रमाण, सामुदायिक विद्यालयबाट एस.एल.सी. वा एस.ई.ई. परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएको (अक्षर ग्रेणिङ प्रणाली अनुसार कम्तिमा जिपिए २.४) भएको प्रमाण तथा स्थानीय निकायबाट न्यून आय भएको व्यहोरा खुल्ने प्रमाण लगायत अन्य प्रमाणहरु मागेको छ ।















0 प्रतिकृया