आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड
एक्सन खबर
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ ।
खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ । शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
उपत्यकाका तीन जिल्ला प्रशासनले आज राती १२ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनमा जाेरविजाेर प्रणाली समेत लागू गरेकाे छ । आजबाट जाेर गतेका दिन जाेर नम्बर र विजाेर गरेका दिन विजाेर नम्बरका सवारी साधन मात्र चल्न पाउनेछन् ।
0 प्रतिकृया