बार्सिलाेना एथ्लेटिकोसँग पराजित हुँदा रियल क्पाटरफाइनलमा
एक्सन खबर
काठमाडौं । एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो । बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।
यता बार्सिलाेनाकाे चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिड भने काेपा डेल रेकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । इल्चेलाई २-१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहिवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रबेश गरेको हाे । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।
खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।खेलको १०८औं मिनेटमा इस्कोले खेल १-१ को अवस्थामा ल्याए । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए ।
0 प्रतिकृया