Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

एक्सन खबर
८ माघ २०७८


स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बाेलाएका छन् । निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा गर्न दिएकाे रायकाे समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्याैल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेकाे थियाे । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघकाे निवार्चनपछि मात्र स्थानीय तहकाे निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन् ।

किनकि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिकाे कार्यकाली आगामी जेठमा सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघकाे निर्वाचन गर्नुपर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेकाे छ ।

प्रमुख प्रतिपक्ष एमालेले संघकाे निर्वाचन पहिले कि स्थानीय तहकाे निर्वाचन भनेर टिप्पणी गरेकाे छैन । तर स्थानीय तहकाे निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएकाे छ ।

सर्वदलीय बैकठमा एमालेकाे सहभागिताबारे अन्याैल छ । एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।













0 प्रतिकृया