सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते
एक्सन खबर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुकाे सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ ।
गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियाे । दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
0 प्रतिकृया