Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


सरोगेसीबाट आमा बनिन् प्रियंका

एजेन्सी
८ माघ २०७८


सरोगेसीबाट आमा बनिन् प्रियंका

काठमाडौं । बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।

‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,' उनले लेखेकी छन् ।

https://www.instagram.com/p/CZAJvizvjf4/?utm_source=ig_web_copy_link


सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।













0 प्रतिकृया