Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


युरोपको आठ युनिभर्सिटीको एलायन्ससँग नेकको समझदारी कायम

एक्सन खबर
८ माघ २०७८


युरोपको आठ युनिभर्सिटीको एलायन्ससँग नेकको समझदारी कायम

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले युरोपका आठ उत्कृष्ट युनिभर्सिटीहरुको एलायन्ससँग शिक्षा, अनुसन्धान र विद्यार्थी आदानप्रदान कार्यमा समझदारी कायम गरेको छ ।

२०२१ डिसेम्बर तेश्रो सातामा भएको समझदारी अनुसार नेपाल इन्जिनियरिङ कलेजमा अध्ययरत विद्यार्थी तथा शिक्षकहरुले युरोपका ८ युनिभर्सिटीहरुको एलायन्समा आबद्ध कलेजहरुमा इन्जिनियरिङ विधाका विविध विषयमा खोज तथा संयुक्त अनुसन्धान र अध्ययन समेत गर्न सक्नेछन् ।

कलेजका भाइस–प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीका अनुसार इरास्मस अन्तरगतका कलेजहरुबाट नेपाली विद्यार्थी, शिक्षकहरुले अन्तराष्ट्रिय प्लेटफर्म सृजना गरेर शैक्षिक उत्कृष्ठता हासिल गर्न पाउने छन् ।

कलेजले साइप्रस युनिभर्सिटी अफ टेक्नोलोजी–साइप्रस, डर्मस्टाड युनिभर्सिटी अफ एप्लाइड साइन्स–जर्मनी, रिंगा टेक्निकल युनिभर्सिटी–लाटभिया,  टेक्नोलोजिकल युनिभर्सिटी अफ डब्लिन–आयरल्यान्ड, टेक्निकल युनिभर्सिटी अफ सोफिया–बुल्गेरिया, युनिभर्सिडेड पोलिटेक्निका डे कार्टाजेना–स्पेन, टेक्नोलोजिकल युनिभर्सिटी अफ ट्रोइज–फ्रान्स, क्लुज नापोका, रोमानियाको प्राविधिक विश्वविद्यालयसँग समझदारी कायम गरेको छ ।

समझदारी अनुसार उल्लेखित विश्वविद्यालयहरुसँग नेकका शिक्षक, विद्यार्थीहरुले विभिन्न खोजमुलक अनुसन्धान, परियोजना, शिक्षण तालिम संयुक्त रुपमा गर्न सक्छन् । साथै ती विश्वविद्यालयमा छात्रबृत्तिमा गएर अध्ययन अनुसन्धान गर्न नेपाली विद्यार्थीहरुलाई अवसर पनि मिल्नेछ ।

इन्जिनियरिङ विधामा विश्वब्यापी नयाँ टेक्नोलोजी, अवसर, संभावनाका धेरै विषयहरु अध्ययनअध्यापन गर्न गराउन यस समझदारीले ठूलो सहयोग पुग्ने कलेजको अपेक्षा छ ।

नेकले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा दिन विश्वका विभिन्न युनिभर्सिटी र कलेजहरुसँग समझदारी कायम गरेको छ । नेकमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विश्वका विभिन्न कलेज तथा युनिभर्सिटीमा छात्रबृत्तिसहित अध्ययनको अवसर पनि मिल्छ । केही दिन अगाडी मात्रै नेकका चार जना विद्यार्थीले इरास्मस अन्तरगत स्पेनको युनिभर्सिडेड पोलिटेक्निका डे कार्टाजेनामा स्नातक तहको अन्तिम सेमेष्टर निःशुल्क अध्ययन गर्ने अवसर पाएका थिए ।  













0 प्रतिकृया