Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

एक्सन खबर
८ माघ २०७८


नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा अवधिमा थप १६ जनाको मृत्यु भएको छ ।

यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएका छन् ।













0 प्रतिकृया