काेराेना संक्रमित प्रचण्ड पत्नी दाहालकाे तीन दिनदेखि आइसियूमा राखेर उपचार हुँदै
एक्सन खबर
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् । कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् ।
चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ । केही समयअघि मात्र प्रचण्डलाई कोरोना संक्रमण भएको थियो । उनलाई नेगेटिभ आएलगत्तै सीतालाई पोजेटिभ देखिएको हो ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन्ससँग मिल्दोजुल्दो जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी -पी.एस.पी.)’ बाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।
0 प्रतिकृया