Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नेकमा हल्ट प्राइजको दोश्रो संस्करण हुने

एक्सन खबर
९ माघ २०७८


नेकमा हल्ट प्राइजको दोश्रो संस्करण हुने

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा ‘हल्ट प्राइज’को दोश्रो संस्करण हुने भएको छ । यसपल्टको हल्ट प्राइज कोभिड–१९ को महामारीबाट सुस्ताएको विश्वलाई जागरुक गराउने उद्देश्यले प्रेरित रहेको छ ।

अमेरिकाको हल्ट प्राइज फाउण्डेशनले विश्वव्यापीरुपमा प्रत्येक वर्ष गराउँदै आएको प्रतिष्पर्धामा सहभागीहरुका नयाँ–नयाँ विजनेश आइडियाहरु विच प्रतिष्पर्धा हुनेछ । यो वर्ष ‘विश्वलाई काममा फर्काउँदै’ भन्ने मुल नाराका साथ हल्ट प्राइज हुन लागेको छ ।

हल्ट प्राइजमा समुहगत रुपमा विद्यार्थीहरुले भाग लिनेछन् । कलेजमा आउँदो फेब्रुअरी २४ मा हुने फाइनल प्रतिष्पर्धामा सहभागीहरुले नयाँ विजनेश आइडियाहरु खोजेर ल्याउनु पर्नेछ । कलेजको आन्तरिक प्रतिष्पर्धामा विजयी भएपछि नेपालभित्र वा दक्षिण एशियाली राष्ट्रहरुका कलेजबाट छनौट भएर आएका समुहहरुसँग पुनः प्रतिष्पर्धा गर्दै विश्वव्यापी प्रतिष्पर्धामा सहभागी हुन पाउँछन् ।
 
हल्ट प्राइजकी कलेज डाइरेक्टर तानिया लामिछानेले विश्वभरका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुबाट नविनतम विजनेश सम्बन्धी खोज, अनुसन्धानलाई अन्तराष्ट्रिय प्लेटफर्म प्रदान गर्नु र उनीहरुको क्षमतालाई पुरस्कृत गर्नु हल्ट प्राइजको उद्देश्य रहेको बताइन् । ‘हल्ट प्राइज फाउण्डेशन अन्तरगतको यो कार्यक्रम नेपालमा विभिन्न कलेजहरुमा पनि हुन्छ । कलेजको प्रतिष्पर्धामा विजेताले नेपाल हुँदै भारत, बंगलादेशलगायत एसिया रिजनल क्षेत्रमा प्रतिष्पर्धा गरेर विश्वव्यापी प्रतिष्पर्धामा जान पाउँछन् ।’ लामिछानेले भनिन् । उनी गतवर्ष आयोजित हल्ट प्राइज नेककी विजेता समुह लोलुपाकी सदस्य पनि हुन् ।

एक मिलियन डलर पुरस्कार राशी भएको यस प्रतिष्पर्धामा संयुक्त राष्ट्र संघको पनि पार्टनरसिप रहेकोले यसका विजेताले ठूलो अर्थ राख्छन् । स्नातक वा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको स्टार्टअप विजनेश आइडिया, खोज तथा अनुसन्धानलाई अन्तराष्ट्रियकरण गरी तीनको प्रयोग गराउनु हल्ट प्राइजको लक्ष्य हो ।

नेकमा हल्ट प्राइजको जानकारी गराउन शुक्रबार हल्ट प्राइज जानकारी सत्र आयोजना गरिएको थियो । उक्त सत्रमा सिमरन खतिवडा र प्रतिक नेपालले हल्ट प्राइजले कसरी काम गर्छ ? प्रतिष्पर्धामा भाग लिनेहरुले कसरी समन्वय गर्ने विवरणहरु प्रस्तुत गरिएको थियो ।

कलेजभित्र हुने हल्ट प्राइजको प्रतिष्पर्धामा सहभागी हुन चाहने विद्यार्थीहरुले जनवरी २५ सम्म ३ देखि ४ जना रहेको समुह बनाएर दर्ता गराउनु पर्नेछ ।













0 प्रतिकृया