Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, घटना लुकाउने प्रयास

एक्सन खबर
१० माघ २०७८


बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, घटना लुकाउने प्रयास

सीपी लोहिया

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरकाे मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र  ३८ वर्षीया महना लुहारको  ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए ।

अमर बोहराकाे अध्यक्षतामा रहेकाे उपभाेक्ता समितिकाे निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएकाे हाे । तर, घटना भने लामाे समयसम्म गुपचुप राखिएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिकाे घटनाबारे प्रहरीलाई जानकारी दिइएकाे छैन । घटना गत शुक्रबार भएपनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।

डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए । मृतककाे आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएकाे छ । मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी र एक बुहारी छन् भने, ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।













0 प्रतिकृया