Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


रामोसले पीएसजीका लागि पहिलाे गाेल गर्दा रबाफिलाे जित

एक्सन खबर
१० माघ २०७८


रामोसले पीएसजीका लागि पहिलाे गाेल गर्दा रबाफिलाे जित

काठमाडौं । डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् ।

पीएसजीको जितमा  मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे ।

स्पेनिस डिफेन्डर यसै सिजन रियम मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरिका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् ।

जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ ।













0 प्रतिकृया