Follow us:


Follow us

१४ असार २०८३, आइतवार
१४ असार २०८३, आइतवार


एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख

एक्सन खबर
१० माघ २०७८


एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख

न्युयोर्क । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ ।

जनसंख्या पतनको बढ्दो सम्भावना र त्यसलाई समाधान गर्न कृत्रिम कोख –सिन्थेटिक वम्ब) बारे ट्विटरमा बहस बढेको हो । एउटा पछिल्लो ट्विटमा मस्कले भनेका छन्, ‘जनसंख्याको सम्भावित पतनबारे हामीले सोच्नै पर्छ ।’ मस्कको ट्विटलाई जबाफ दिँदै लाभिंगियाले लेखेका छन्, ‘हामीले सजिलै, चाँडो, सस्तो र सबैलाई पहुँच हुने सिन्थेटिक कोख प्रविधिको विकास गर्नुपर्छ ।’

उनीहरुको च्याट जनसंख्या पतन र कृत्रिम कोखको विकासमा केन्द्रित थियो ।

आगामी केही दशकपछि मानिसहरु मंगल ग्रहमा बस्ने ठोकुवा गर्दै आएका मस्कका लागि जनसंख्या पतन निश्चय नै चिन्ताको विषय हो । किनकी पृथ्वीमा नै मानिसको पतन भए मंगल ग्रहमा बसाइँ सार्ने उनको योजना पुरा हुनेछैन ।

ट्विटरमा दुई जनाबीच बहस बढिरहेका बेला अर्का अर्बपति बुटेरिनले लेखेका छन्, ‘सिन्थेटिक कोखले गर्भधारण र महिला तथा पुरुषबीच हुने असमानताको विभेद हटाउछ ।’

के हो कृत्रिम कोख ?


कृत्रिम कोख एउटा यस्तो उपकरण हो, जसले वाह्य गर्भावस्थालाई अनुमति दिन्छ । यस प्रकृयामा भ्रुणको विकास जीवको शरीर बाहिर हुन्छ । नेदरल्याड्सका वैज्ञानिकहरुले कृत्रिम कोख विकास गरिरहेको र त्यसले समय नपुगी जन्मिने शिशुलाई जोगाउने सन् २०१९ को एउटा रिपोर्टमा बीबीसीले जनाएको थियो ।

विज्ञहरुका अनुसार नवजात शिशुहरुको ठूलो संख्यामा मृत्यु हुनुको मुख्य कारण समय नपुगी जन्मिनु हो । तर, कृत्रिम भ्रुणको अवधारणाले विभिन्न कानुनी प्रश्न पनि खडा गरेको छ ।













0 प्रतिकृया