Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सिटामाेल अभाव सरकारको अयोग्यता हो कि नाफाखोरीको तारतम्य ?

एक्सन खबर
१० माघ २०७८


सिटामाेल अभाव सरकारको अयोग्यता हो कि नाफाखोरीको तारतम्य ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव भएको भएको भन्दै सरकारको आलोचना गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले कोरोना महामारीको समयमा संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव सरकारको अयोग्यता हो या यसमा पनि नाफाखोरीको तारतम्य भन्दै प्रश्न गरेका छन् ।

‘जनस्वास्थ्यप्रति ध्यान नदिई औषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्’, रावलले सोमबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ। यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।













0 प्रतिकृया