Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


आहा रारा गाेल्डकपः संकटालाई पन्छाउँदै मच्छिन्द्र सेमिफाइनलमा

एक्सन खबर
१० माघ २०७८


आहा रारा गाेल्डकपः संकटालाई पन्छाउँदै  मच्छिन्द्र सेमिफाइनलमा

पोखरा । मछिन्द्र क्लव पाेखरामा जारी आहा रारा गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पन्छाउँदै  मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।

मछिन्द्रकाे जितमा मेसुके ओलामाेउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गाेलकाे याेगदान दिए । संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए ।

खेलको १३ औं मिनेटमा उत्सवकाे गाेलबाट अघि बढेकाे मछिन्द्रका लागि ४७ औं  मिनेटमा मेसुकेले दाेश्राे गाेल गरे । खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चाैंथाे गाेल हिर्काए ।  

मेसुके म्यान अफ दी म्याच भए । अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।













0 प्रतिकृया