Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु, एक दर्जन घाइते

एक्सन खबर
११ माघ २०७८


क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु, एक दर्जन घाइते

याओउन्डेल । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दाबढी घाईते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालाको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ओलेम्बे स्टेडियमको क्षमता ६०,००० छ । कोभिड–१९ प्रोटोकलका कारण ८० प्रतिशत मात्र दर्शक त्यहाँ उपस्थित रहेका थिए ।  रंगशालामा पर्याप्त ढाेका नरहेका कारण पनि भागदाैड भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।













0 प्रतिकृया