Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


थप आठ हजार ४५४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

एक्सन खबर
१२ माघ २०७८


थप आठ हजार ४५४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । सरकारले बुधबार थप आठ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ नमुना परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा कृष्ण पौडेलका अनुसार १३ हजार ५४९ पीसीआर परीक्षण गर्दा पाँच हजार ५७१ जनामा र ६ हजार ८१० एन्टिजेन परीक्षण गर्दा दुई हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै बुधबार देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोना संक्रमणमुक्त हुँदा पाँच जना संक्रमितले ज्यान गुमाएका डा पौडेलले जानकारी दिए ।

बुधबार २५ लाख ६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
 













0 प्रतिकृया