Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


फुसको छाना हटाउने अभियानमा वडाध्यक्षकाे मनपरी

एक्सन खबर
१३ माघ २०७८


फुसको छाना हटाउने अभियानमा वडाध्यक्षकाे मनपरी

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दावी गरेको छ । फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिन आलटाल भइरहेको एमाले वडा कमिटीले जनाएको छ ।

एमाले वडा कमिटी अध्यक्ष नन्दकुमार तामाङले विज्ञप्ति जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बहानावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम निकासा दिइएको दावी गरेका छन् ।

‘फुसको छाना हटाउ’ अभियानको सूचीकरणमा नपरेका घरलाई जस्ताको छाना हाल्नकालागि रकम दिएको खुलासा भएको भन्दै एमाले वडा कमिटीले सो बारेमा छानविन गरी वास्तविक लाभग्राहीलाई तत्काल जस्तापाता उपलव्ध गराउन ध्यानाकर्षण गराएको छ ।

तीन वर्षअघि बगाले-सिरुडाँडा-पारा सडक निर्माणका लागि १० लाख बजेट छुट्याइएको भए पनि उपभोक्ता समितिका अध्यक्ष रमेश राई र वडाध्यक्ष सन्तबीर तामाङले ७-८ लाखको काम गरेर बाँकी रकमको काम हालसम्म नगरेको एमाले वडा कमिटिका अध्यक्ष तामाङले बताए । बाँकी रकमको काम गर्न/गराउन पालिकामा कबुलियतनामा गरे पनि सो अनुसार काम नगरिएको भन्दै विज्ञप्तीमा ध्यानाकर्षण गराइएको छ ।

एमाले वडा कमिटिले अर्थमन्त्रालयको गत २५ कात्तिक र ऐसेलुखर्क गाउँपालिकाको २० पुसको पत्र अनुसार वडाका विपन्न परिवारलाई समावेसी र समान किसिमले कोभिड राहत वितरण गर्न माग गरेको छ । अर्थ मन्त्रालय र गाउँपालिकाको पत्र अनुसार हालसम्म वडाबासीलाई सूचना नदिइ कोभिड राहत वितरणमा हालटाल भइरहेको एमालेको आरोप छ ।

बादेल–बिस्काम जोड्ने सडक जोड्नका लागि आर्थिक वर्ष २०७७/०७८ मा संघीय संसद विकास कोषबाट १० लाख विनियोजन गरिए पनि वडाध्यक्ष तामाङले सिफारिस नदिँदा सो काम हुन नसकेको उल्लेख गर्दै एमाले वडा कमिटीले सो सडकलाई चालु आर्थिक वर्षभित्रै जोड्नका लागि विचार–विमर्श गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।













1 प्रतिकृया
dfgbn
4 years ago

sdfghj