Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा

एक्सन खबर
१३ माघ २०७८


डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा

लमजुङ । डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएकोे छ । दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेका हुन् । ४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् । डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार वन रक्षकको सबैभन्दा बढी अभाव छ ।

२७ जना वन रक्षकको दरबन्दी रहे पनि १७ जनाकाे पद रिक्त छ । ३ सहायक वन अधिकृत, एक खरिददार र एक फरेष्टरसहित २२ जना कर्मचारीको पद रिक्त रहको सुवेदीले बताए । डिभिजन वन कार्यालय मातहतका जिल्लाका सवडिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न निकै समस्या भएको हाे ।

एक सहायक वन अधिकृतले तीन वटा सम्म पालिका तथा दुई सव डिभिजन कार्यालय हेर्नुपर्ने बाध्यता रहेकाले दैनिक कार्यसम्पादनमा निकै समस्या भएको सुवेदीको भनाइ छ । आठ वटा स्थानीय तह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सबडिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सवडिभिजन कार्यालय मात्र छ । ती कार्यालयमा पनि दरबन्दी अनुसार कर्मचारी नहँदा अन्य कर्मचारीलाई मार पर्ने गरेको छ ।

लमजुङमा कुल भूभागमध्ये ६७ हजार  ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कुल वन क्षेत्रको करिव २८ प्रतिशत अर्थात १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वन सहित ३ सय ४१ सामुदायिक वन उपभोक्त समूह र १ सय ७३ कवुलिययती वन समूह रहेका छन् ।













0 प्रतिकृया