Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


प्रदेश एकमा अन्तर्घात गर्नेहरुमाथि कारबाही हुन्छः नेकपा एमाले

एक्सन खबर
१३ माघ २०७८


प्रदेश एकमा अन्तर्घात गर्नेहरुमाथि कारबाही हुन्छः नेकपा एमाले

काठमाडौं । नेकपा एमाले प्रदेश एकले राष्ट्रिय सभा निर्वाचनका क्रममा अन्तरघात गर्नेहरुमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको उल्लेख गरिएको छ ।

'पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ । पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कार्यवाहि गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छ' न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार सम्पन्न निर्वाचनमा प्रदेश एकबाट एमालेका उमेद्वार सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए भने अर्का उम्मेदवार गुरु बराल पराजित भएका थिए । उनी आफ्नै पार्टीका दुई सांसदको मत नपाउँदा पराजित भएको बताइएको छ ।

शेर्पालाई बधाई दिँदै विज्ञप्तिमा पाँच दलीय गठबन्धनविरुद्धको जीतमा सहयोग गर्नेहरुमा शुभकामना दिइएको छ । 'ईतिहासका बेग्ला बेग्लै कालखण्डहरुमा अनेकौ षडयन्त्र, घात-प्रतिघात र प्रतिकुलताहरुलाई पराजित गर्दै नेपाली जनताको न्यानो माया, सद्भाव र भरोसाको मजवुत जगमा नेकपा (एमाले) खडा छ' विज्ञप्तिमा भनिएको छ।
 













0 प्रतिकृया