Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

एक्सन खबर
१३ माघ २०७८


प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क  भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क  भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

गृहले अनुमति विना तस्बिर पनि नलिन भनेको छ । मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ ।

'सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमति/सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,' विज्ञप्तिमा भनिएको छ ।















0 प्रतिकृया