Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

एक्सन खबर
१४ माघ २०७८


बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं । देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।  

 













0 प्रतिकृया