Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


विद्यालय, सिनेमा हल, डान्सबार माघ मसान्तसम्म बन्द गर्न सिफारिस

एक्सन खबर
१५ माघ २०७८


विद्यालय, सिनेमा हल, डान्सबार माघ मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले धेरै भीडभाड हुने क्षेत्रलाई माघ मसान्त सम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

सिसिएमसीले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघरजस्ता भिड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ । यसअघि माघ १५ गतेसम्म यी क्षेत्रहरूलाई बन्द गरिएकोमा संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

 माघ मसान्तसम्म विद्यालय नखुल्ने

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन पनि सिफारिस गरेको छ । सिएमसीका प्रवक्ता नेपालका अनुसार केन्द्रले विद्यालय बन्दलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको हो ।

यसअघि सरकारले माघ १५ गतेसम्मलाई विद्यालयमा भैतिक उपस्थितिमा अध्ययन अध्यायपन बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै बैठकले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन सिफारिस गरेको छ ।














0 प्रतिकृया