Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


डा.सुनिल शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

एक्सन खबर
५ माघ २०७८


डा.सुनिल शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

झापा। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् ।

विर्तामोडमा शनिवार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पुर्याएको भन्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माको सेवा भावको प्रशंसा गरे ।

२०७६ असोज ६ गते नेपाली कांग्रेस क्षेत्र नं.३ ले कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा झापाको विर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा डा.शर्माले सो क्षेत्रलाई निःशुल्क एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप एम्बुलेन्स प्रदान गरिएको हो । यो एम्बुलेन्सले अब सो क्षेत्रका विरामीहरुलाई सहुलियत दरमा सेवा प्रदान गर्ने बताइएको छ ।

डा.शर्माले झापामा प्रदान गरेको यो दोस्रो एम्बुलेन्स हो । यसअघि उनले बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई पनि एम्बुलेन्स दिएका थिए । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्माले यसअघि पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णालीको विकट जिल्ला कालिकोटमा पनि एम्बुलेन्स प्रदान गरेका छन् ।

उनले मोरङको पथरीशनिश्चरे, इटहरा, सुन्दरहरैंचा लगायत क्षेत्रमा पनि निःशुल्क एम्बुलेन्स दिएका छन् । जसका कारण ग्रामिण क्षेत्रका विरामीहरुलाई उपचारका लागि समयमै अस्पताल पुग्न निकै सहज भएको छ ।













0 प्रतिकृया