Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


कपिल शर्माले किन पटक–पटक एउटै शाे हेरे ?

एक्सन खबर
१६ माघ २०७८


कपिल शर्माले किन पटक–पटक एउटै शाे हेरे ?

काठमाडौं । भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन् ।

कपिल शर्मा कुनै समय डिप्रेसनको शिकार भएका थिए । उनले आफू डिप्रेसनमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन् । कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए । ‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थें । मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो । किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें । मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यसकारण बिहान पुनः शो हेर्थें’, उनले भनेका छन् ।

कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे । तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो । उनले आफ्ना साथीभाईलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए । तर साथीहरुले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे । अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए ।













0 प्रतिकृया