Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


११ महिनापछि रिहाभए उमाशंकर

एक्सन खबर
१६ माघ २०७८


११ महिनापछि रिहाभए उमाशंकर

काठमाडौं । राजस्व छली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् । पाटन उच्च अदालतको आदेश अनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैद भुक्तान गरिरहेका उनी सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका  हुन् ।

सर्वाेच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागार मुक्त भएका हुन् । ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन् ।

सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए । जागीर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपी सहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन् । 














0 प्रतिकृया