Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


विद्यार्थीका लागि ७४ हजार खोप आएपनि कहिले लगाउने टुंगाे लागेन

एक्सन खबर
१७ माघ २०७८


विद्यार्थीका लागि ७४ हजार खोप आएपनि कहिले लगाउने टुंगाे लागेन

विशाल बस्नेत

महोत्तरी । महोत्तरीका १२-१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ माेडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।

खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्याैलमा परेकाे जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले जानकारी दिए । स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभका कारण आइसोलेसनमा रहेकाले खोपका सम्बन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ । `निमित्त प्रमुख जिल्ला अधिकारीसँग बैठक बसेर खोप अभियानको कार्यतालिका बनाउने छौं,´ स्वास्थ्य कार्यालय प्रमुख यादवले भने ।

स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बुस्टर डोज लगाउन पहिलो र दोस्राे खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने खोपका लागि वृद्ध, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।













0 प्रतिकृया