Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


जग्गा बिबादमा आमाको हत्या गर्ने छोरा पक्राउ

एक्सन खबर
१८ माघ २०७८


जग्गा बिबादमा आमाको हत्या गर्ने छोरा पक्राउ

मोरङ । मोरङमा आमाकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ परेका छन् । माेरङ, पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हाे ।

श्रेष्ठलाई ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ । यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले साेमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएको र उक्त विषय आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये  ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला भएपछि आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएकाे छ ।













0 प्रतिकृया