Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


माैरिसससँगकाे मैत्रीपुर्ण खेलमा नेपालकाे क्लिनस्वीप

एक्सन खबर
१८ माघ २०७८


माैरिसससँगकाे मैत्रीपुर्ण खेलमा नेपालकाे क्लिनस्वीप

काठमाडाैं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पनि मौरिससलाई पराजित गरेको छ । मिडफिल्डर सुजल श्रेष्ठले १० औं  मिनेटमा गरेकाे एकमात्र गाेलकाे मद्दतमा नेपालले माैरिसससँगकाे दाेश्राे मैत्रीपूर्ण खेल पनि जितेर क्लिनस्वीप गर्याे ।

यसअघि शनिबार भएकाे पहिलाे मैत्रिपूर्ण खेलमा पनि नेपालले माैरिससलाइ १–०ले पराजित गरेकाे थियाे । शनिबारकाे खेलमा स्ट्राइकर विमल घर्तीमगरले गाेल गरेका थिए । मंगलबारकाे खेलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मौरिससलाई १–० ले पराजित गर्दा मिडफिल्डर सुजलले गाेल गरेका हुन् । सुजलकाे यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।

सुजलले नविन गुरुङको कर्नरलाई गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बाहिर फालेको बललाई आशिष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको ब्याकहिल पासलाई सदुपयाेग गरे ।

नेपालले गाेल गरे लगत्तै माैरिससले पेनाल्टीकाे माैका पाएपनि सदुपयाेग गर्न असफल भयाे । १२औं मिनेटमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पेनाल्टी बचाए । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि मौरिससलाई पेनाल्टी दिइएकाेमा कप्तान एन्डी सोफीकाे प्रहारलाई किरणले बचाए ।

तनावपूर्ण बनेको खेलको ८०औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । नेपालका पुजन उपरकोटी र मौरिससका एड्रियन बोट्लरर दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । नेपालका सहायक प्रशिक्षक बिकास मल्ललाई रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाएका थिए । उनी खेलमा विवाद उत्पन्न हुँदा ग्राउण्डमै प्रवेश गरेर विवाद गर्न थालेका थिए ।

खेलकाे ८४औं मिनेटमा मौरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठमाथि खराब ट्याकल गरेपछि इमानुयल फुलचुन्ड दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलकाे म्यानअफ द म्याच नेपालका कप्तान तथा गाेल रक्षक किरण चेम्जाेङ घाेषित भए ।













0 प्रतिकृया