Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन

एक्सन खबर
१९ माघ २०७८


गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन

काठमाडौ‌ं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८ गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ ।

जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ ।

'केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएकाे पाइएकाले याे सूचना प्रकाशित भएकाे १५ दिनभित्र आफैले भत्काइ लैजानु हाेला,' सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।

अन्यथा काेष आफैले छाप्रा भत्काउने चेतावनी दिइएकाे छ ।

त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खाेजिएकाे थियाे ।  त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि काेषले कदम चाल्न सकेकाे थिएन ।













0 प्रतिकृया