Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


वीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

एक्सन खबर
१९ माघ २०७८


वीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित प्रतिष्ठानको कोभिड अस्पतालमा आज विहान एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार धरान १० घर भएका ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई माघ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृगौला रोगबाट पिडित मृतक पुरुष १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको अहिले शब व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

कोरोना संक्रमणको तेश्रो भेरियन्ट बढेसँगै वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको चाप बढेको छ । आज विहानको तथ्यांक अनुसार प्रतिष्ठानको कोभिड अस्पतालमा ३० जना कोभिडका विरामी भर्ना भएका छन् । कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म प्रतिष्ठानमा ४३५ को मृत्यु हुँदा १७५१ जना कोरोनाको उपचारपछि निको भएर घर गएका छन् ।

प्रतिष्ठानमा संघ र प्रदेश सरकारको लगानीमा कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याइएपनि समुचित व्यवस्थापन र सञ्चालन हुन सकिरहेको छैन ।













0 प्रतिकृया