Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेकमा हल्ट प्राइजद्वारा तीन विभिन्न इभेन्ट्स सञ्चालन

एक्सन खबर
२० माघ २०७८


नेकमा हल्ट प्राइजद्वारा तीन विभिन्न इभेन्ट्स सञ्चालन

काठमाडाैं । नेपाल इन्जिननयरिङ कलेजमा हल्ट प्राइजले तीन विभिन्न इभेन्ट्स सञ्चालन गरेको छ । माघ ११ गते आयोजना गरिएको लर्न टु पिच एण्ड प्रेजेन्ट नामक भर्चुवल कार्यक्रममा  सहभागीहरूको क्षमता विस्तार गर्नको लागि पिचिङ (आफ्नो विचार कसरी प्रस्तुत गर्ने भन्ने बारे) चर्चा गरिएको थियो ।

कार्यक्रमको प्रमुख वक्ता आशुतोषमणी त्रिपाठीले आफ्ना भनाईहरु राख्दै पिचिङका लागि केही भोकल वार्म अप अभ्यास पनि सिकाएका थिए । साथै, त्रिपाठीले सहभागी र दर्शकहरुका प्रश्नहरुको समुचित जवाफ पनि दिएका थिए ।

हल्ट प्राइजकी क्याम्पस निर्देशक टानिया लामिछानेले प्रमुख वक्ता त्रिपाठीलाई मायाको चिनो हस्तान्तरण गरेकी थिइन् ।

यस्तैगरी, हल्ट प्राइज अन्तरगत नै माघ १३ गते प्रपोजल एण्ड रिपोर्ट लेखन शिर्षकमा अर्को कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमको वक्तामा सम्राट पराजुलीसँगै श्रोता, सहभागी र हल्ट प्राइजका सदस्यहरु सहभागी रहेका थिए । कार्यक्रममा पराजुलीले प्रपोजल र रिपोर्ट कसरी राम्रो र उचित ढंगमा लेख्न सकिन्छ ? भन्ने विषयमा सहभागीहरुलाई दिशानिर्देश गरेका थिए ।

प्रपोजल एण्ड रिपोर्ट लेखन कार्यक्रम अत्यन्तै फलदायी  जिवनोपयोगी भएको सहभागीहरुले बताएका छन् ।

यसैगरी, माघ १८ गते हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजले व्यापार विश्लेषण शिर्षकमा अर्को प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । आफ्नो योजना, विचारहरुलाई बजारमा कसरी स्थापित गराउन सकिन्छ भन्ने अभिप्रायले आयोजित कार्यक्रमको प्रमुख वक्तामा प्रवेश गौतम रहेका थिए ।

गौतमले विजनेश मोडल क्यानभासको व्याख्या गर्दै स्वोट र पेस्टल विश्लेषणको बारेमा पनि आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुले समग्रमा ब्यापारका आधारभूत र मूल कुराहरु सिक्न पाएको प्रतिक्रिया दिएका थिए ।














0 प्रतिकृया