चलचित्र "तिमी कस्को...?" तेह्रथुममा छायांकन सुरु
एक्सन खबर
तेह्रथुम । नेपाली चलचित्र "तिमी कस्को ...?" छायांकन बुधबारदेखि तेह्रथुममा सुरू भएको छ । पाल्म फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा सुरू भएको चलचित्रको शुभमुहुर्त लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला पोखरेलले गरेकी छिन् ।
तेह्रथुमको पर्यटन प्रवर्द्धनलाई प्रमुख उद्धेश्य सहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारहरूलाई पनि प्रवर्द्धन गरिने चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए । उनका अनुसार युवाहरूलाई स्वदेशमै केही गर्न सकिने प्रेरणा चलचित्रले बोकेको छ ।
चलचित्रमा नायक प्रदिप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने र स्वहन प्रताप श्रेष्ठको मुख्य भूमिका रहनेछ भने नायिका हर्षीका श्रेष्ठ, रिहा श्रेष्ठ र प्रीतिका शर्माको अभिनयमा छायांकन सुरु भएको छ ।
देव महर्जनको द्वन्द निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरुमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू , तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत रहनेछन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शङ्खर लगायत छन् ।
0 प्रतिकृया