Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


जुम्लामा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर (फाेटाे फिचरसहित)

एक्सन खबर
२१ माघ २०७८


जुम्लामा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर (फाेटाे फिचरसहित)

दिलमाया  शाही
जुम्ला । जुम्लामा  पुनः हिमपात भएको छ । बिहिबार साँझदेखि सुरु भएकाे हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ ।

चिसोका कारण जनजीवन प्रभावित बनेको छ । याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हाे । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।


हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए । जुम्लामा स्याउ लगाउने र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएकाे छ ।

-->











0 प्रतिकृया