Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

एक्सन खबर
२२ माघ २०७८


बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

जीप खाेल्सामा खसेकाे थियाे । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।













0 प्रतिकृया