आज प्रदेश १, मधेस, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना, रातिबाट माैसममा सुधार हुने
एक्सन खबर
काठमाडाैं । देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । अरु प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।
पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ । राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएकाे छ ।
0 प्रतिकृया