सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन (यस्ताे छ उनकाे जीवन गाथा)
एक्सन खबर
काठमाडाैं । सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।
काे हुन् लता ?
लता मंगेशकरकाे जन्म २८ सेप्टेम्बर, १९२९ मा भएकाे थियाे । मंगेशकरको जन्म मामाघर इन्दोरमा भएकाे थियाे । त्यसपछि उनिहरू कोल्हापुर सरे। उनका बुबा दीननाथ मंगेशकर नाटक कम्पनी चलाउँदथे, पछि बन्द गरेर चलचित्र कम्पनी चलाए। त्यही उनिहरूको घर बन्यो। सानोमा उनी निकै चुलबुले स्वभावकी थिइन्। उनका एक भाइ र चार बहिनी थिए। लता ५/६ वर्ष हुँदादेखि नै बुबाले गीत सिकाउन थालेका थिए । यसका अलावा कहिले काँही बुबाको नाटक कम्पनीमा सानो-सानो बच्चाको रोल पनि गर्थिन।
सन् १९४२ मा बुबा बितेपछी सबै परिवार धान्ने जिम्मा उनको काँधमा आयो। त्यसैबखत उनले मराठी 'नवयुग’ फिल्ममा हिरोइनको बहिनीको भूमिका निभाइन् । कोल्हापुर आएपछि मराठी फिल्मका हस्ती मास्टर विनायकको कम्पनीमा जागीर गरिन् ।
लता बाल्यकालदेखि नै गायक बन्न चाहन्थिन्। पहिलो पटक लताले वंसत जोगलेकर द्वारा निर्देशित चलचित्र कीर्ती हसालको लागि गाईन। उनका पिता लताले फिल्मको लागि नगाउन भन्ने चाहन्थे। त्यसैले, उक्त गीतलाई चलचित्रबाट हटाइयाे। तर, लताकाे प्रतिभाबाट वसंत जोगलेकर धेरै प्रभावित भए।
पिताको मृत्यु पछि (जब लता मात्र १३ वर्षकी थिईन), लतालाई पैसाको धेरै ठूलो समस्या पर्यो र धेरै संघर्ष गर्नु पर्यो। उनलाई अभिनय धेरै राम्रो लागेको थिएन तर पिताको असामयिक मृत्युको कारणबाट पैसाको लागि उनके केही हिन्दी र मराठी फिल्महरूमा काम गर्नु पर्यो।
अभिनेत्रीको रूपमा उनको पहिलो चलचित्र पाहिली मङ्गलागौर (१९४२) थियो, जसमा उनले स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका निभाईन। पछि उनले धेरै फिल्महरूमा अभिनय गरिन जसमा, माझे बाल, चिमुकला संसार (१९४३), गजभाऊ (१९४४), बडी माँ (१९४५), जीवन यात्रा (१९४६), माँद (१९४८), छत्रपति शिवाजी (१९५२) शामिल थिए। बडी माँ,मा लताले नूरजहाँको साथ अभिनय गरिन र उनको सानी बहिनीको भूमिका आशा भोंषलेले निभाईन। उनले आफैलाई भूमिकाको लागि गीत पनि गाईन र आशाको लागि पार्श्वगायन गरिन्।
१९४५ मा उस्ताद गुलाम हैदर आफ्नो आउने फिल्मको लागि लतालाई एक निर्माताको स्टूडियोमा लिएर गए जसमा कामिनी कौशल मुख्य भूमिका निभाई रहेकी थीइन। उनी चाहान्थे कि लता त्यस फिल्मको लागि पार्श्वगायन गरुन्। तर गुलाम हैदरलाई निराशा हात लाग्यो। १९४७मा वसंत जोगलेकरले आफ्नो चलचित्र आपकी सेवा मेंमा लतालाई गाउने मौका दिए। यस फिल्मको गितबाट लताको धेरै चर्चा भयो। यसपछि मजबूर फिल्मको गीत "अङ्ग्रेजी छोरा चला गया" र "दिल मेरा तोडा हाय मुझे कहीं का न छोडा तेरे प्यार ने" जस्तो गीतबाट बलिउडमा चर्चामा छाएतापनि लतालाई अत्याधिक सफलता भने मिलिसकेको थिएन।
१९४९ मा लतालाई ठूलाे सफलता चलचित्र "महल"को "आयेगा आनेवाला" गीतबाट प्राप्त भयो। यस गीतलाई त्यस समयको सबैभन्दा चर्चित अभिनेत्री मधुबालाका लागि बनाईएको थियो। यो फिल्म सुपरहिट भयाे । यसपछि लताले कहिल्यै पछाडी फर्केर हेर्नु परेन।
उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका हुन् । सन् १९४२ बाट गायन क्षेत्रमा लागेकी उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि छिन्। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन। भारतको सबैभन्दा ठूलो गैर-सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन।
मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दर्ज भएकी थिईन। उनले १९४८ देखि १९७४ सम्म तिस हजार गितहरू रेकर्ड गराएकि थीइन। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिईन।
लताले दर्जनाै नेपाली गीतहरूमा पनि स्वर दिएकी छन् । केहि वर्ष अगाडी गायक रामकृष्ण ढकालसँग लताले ‘बाचुञ्जेलीलाई’ गाएकी थिइन् ।
लताले भारतका दर्जनाैं प्रतिष्ठित पुरस्कार तथा अवार्डहरू प्राप्त गरेकी छन् ।
फिल्म फेयर पुरस्कार (१९५८, १९६२, १९६५,१९६९, १९९३ ऱ १९९४)
राष्ट्रिय पुरस्कार (१९७२, १९७५ ऱ १९९०)
महाराष्ट्र सरकार पुरस्कार (१९६६ ऱ १९६७)
१९६९ - पद्म भूषण
१९७४ - गिनीज बुक रेकर्ड
१९८९ - दादा साहब फाल्के पुरस्कार
१९९३ - फिल्म फेयर - लाईफ टाइम अचीवमेन्ट पुरस्कार
१९९६ - स्क्रीनको लागि लाई फटाइम अचीवमेन्ट पुरस्कार
१९९७ - राजीव गान्धी पुरस्कार
१९९९ - एन.टी.आर. पुरस्कार
१९९९ - पद्म विभूषण
१९९९ - जी सिने लाईफटाइम अचीवमेन्ट पुरस्कार
२००० - आई. आई. ए. एफ. लाईफटाइम अचीवमेन्ट पुरस्कार
२००१ - स्टारडस्ट लाईफटाइम अचीवमेन्ट पुरस्कार
२००१ - भारतको सर्वोच्च नागरिक सम्मान "भारत रत्न"
२००१ - नूरजहाँ पुरस्कार
२००१ - महाराष्ट्र भुषण
0 प्रतिकृया