Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


थपिए १५ सय ७० नयाँ कोरोना संक्रमित, १३ जनाको मृत्यु

एक्सन खबर
२४ माघ २०७८


थपिए १५ सय ७० नयाँ कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।

कूल ११ हजार ३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पाइएको हो । बितेको चौबिस घण्टामा देशभर ६ हजार १४६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ रहेको छ ।













0 प्रतिकृया